विशाल सभालाई सम्बोधनका लागि केन्द्रिय नेता कपिलवस्तु आउने




सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), २१ पुस ।

कपिलवस्तुको तौलिहवामा यही पुस २७ गते हुने विशाल जनसभालाई सम्बोधनका लागि केन्द्रिय नेताहरु कपिलवस्तु आउनुहुने भएको छ । संयुक्त आन्दोलन संघर्ष समिति कपिलवस्तुको आयोजनमा तौलिहवामा हुने विशाल सभालाई सम्बोधनका लागि कपिलवस्तु आउनुहुने भएको हो ।
संयुक्त संघर्ष समिति कपिलवस्तुको गोरुसिंगेमा विहीबार सम्पन्न विस्तारित वैठकले नेपाली कांग्रेसको तर्फबाट चन्द्र भण्डारी, एमालेको तर्फबाट लालबाबु पण्डित, मालेको तर्फबाट शिवचन्द्र चौधरी र जनमोर्चाको तर्फबाट बद्रि आलमलाई बोलाउने वैठकले निर्णय गरेको संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले जानकारी दिनुभयो ।
वैठकले आन्दोलनमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गरेको सहसंयोजक दोलखराम घिमिरेले जानकारी दिनुभयो । सोही वैठकले स्वयम्सेवक परिचालनका लागि संयोजक गणेश के.सी. र सहसंयोजक रुकबहादुर भुसाल, आर्थिक संकलनका लागि संयोजक शंकर प्रसाद आचार्य र सहसंयोजकमा रुक बहादुर भुसाल रहेको समिति गठन गरेको पूर्व सांसद महिला नेत्री शान्तिदेवी चमारले जानकारी दिनुभयो । विस्तारित वैठकले प्रदेश नं. ५ अलग गराउने संशोधन विरुद्धको हस्ताक्षर अभियानलाई पुस २७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हिमलाल वाग्लेले जानकारी दिनुभयो ।

फेसबूक कमेन्ट गर्नुहोस्




ताजा अपडेट

Subscribe our youtube channel

Archives

हाम्रो बारेमा

यो वेवसाइट हाम्रो सगरमाथा आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सम्पर्क ठेगाना

लेट्स गो मेडिया(प्रा.) लि.
पुतलीसडक, काठमाडौँ
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
सम्पर्क गर्नुहोस्»