काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान

        



काठमाडौं,२०७३ पुस १८ गते ।। प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही रु.२५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गर्नुभई छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा हुनुहुन्छ ।

कार्यक्रममा शोधार्थीहरुले आ–आफ्नो शोधपत्रको बारेमा प्रस्तुति गरेका थिए । तस्विर रिपोर्ट : महेन्द्रराज सिंह

Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com