नवलपरासी कुमारवर्ती बहुमुखी क्याम्पसको शुल्क घट्यो (विज्ञप्ति सहित)

        



लक्ष्मीप्रसाद पंगेनी/कावासोती ,पौष ५
नवलपरासीको  कावासोती स्थित कुमारवर्ती  बहुमुखी क्याम्पसमा केही समय अगाडी गरिएको शुल्क बृदि विद्यार्थी संगठनको चर्को  दवावपछि  समायोजन गरिएको छ |  चार विद्यार्थी संगठनद्वारा शुल्क समायाेजन गर्नका लागि भन्दै चलाएकाे अान्दाेलन अन्तर्गत क्याम्पस प्रशासन र अान्दाेलनरत विद्यार्थीहरूविच सहमति भए अनुरुप पांच दिन देखि लेखा र प्रशासन फाँटमा लागेकाे ताला  आज खुलेकाे छ । संगठनहरूले शुक्रबार लेखाफाँटमा तालाबन्दी गरेका थिए भने मंगलबार प्रशासनफाँटमा ताला लगाएका थिए । अान्दाेलन तीनवटा अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्तरूपमा अान्दाेलन गरेका हुन् । अाज २ पटक बसेकाे वार्ता पश्चात सहमति भएकाे अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अर्जुन अविरलले जानकारी दिनु भयो । अविरलका अनुसार बढेकाे मासिक शुल्कमा ११/१२ मा रू १००, स्नातक तह प्रथम, द्वितीय र तृतीयवर्षमा रू १००, चाैथाे वर्षमा रू २०० र स्नातकाेत्तर तहकाे दुवै बर्षमा रू ३०० घटाउने सहमति भएकाे छ । यसैविच पुस्तकालयमा पुस्तक थप, शाैचालयकाे सुधार, खेलकुद सामाग्रीमा थप लगायतका मागमा क्याम्पस प्रशासनले सम्वाेधन गरेकाले ताला खाेलिएकाे अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैरेले जनाएका छन् । वार्ताको माध्यमबाट  शुल्क समायोजन गर्न क्याम्पस प्रशासनले खेलेको सकारात्मक भूमिकालाई विज्ञप्ति मार्फत धन्यबाद दिइएको छ |
Comment

Related Posts



ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
यो वेवसाइट लेट्स गो मेडिया आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
पूरा पढ्नुहोस् »
हाम्रो समूह »
सम्पर्क ठेगाना
लेट्स गो मेडिया (प्रा.) लि.
पुतलीसडक
काठमाडौं, नेपाल
+९७७-९८४६२६२८०५
Email:hamrosagarmatha.com@gmail.com